Upcomming IPOs

Upcomming IPOs

**Citizens Mutual Fund - 2 (100,000,000 Units)**NIBL Sahabhagita Fund (12,500,000 Units)**Himal Dolakha Hydropower Company Limited (6,200,000 Units)

TO UPDATE YOUR SHARE/STOCK NEWS ONLINE



1

IPO RESULT


Main IPO Result

Saturday, May 11, 2019

Nepse Short Term Update By Bishnu Prasad Basyal (11 May 2019)


सेन्ट्रल फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

सेन्ट्रल फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)
सेन्ट्रल फाइनान्स लिमिटेडले यस आवको तेस्रो त्रैमासमा रू. ३ करोड २४ लाख खुद नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा रू. ४ करोड ५३ लाख खुद नाफा कमाएको थियो । हालसम्म कम्पनीको चुक्तापूँजी रू. ८२ करोड ३३ लाख छ भने जगेडामा कोष रू. १४ करोड ३३ लाख छ । यो गत आवको सोही अवधिको तुलनामा २८ दशमलव ६९ प्रतिशत कम हो । चालू कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव १६ प्रतिशत छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव २६ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय १७ दशमलव ४१ छ । बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १११ छ । यस दिन कम्पनीको १ हजार ९२६ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा कालो मारुबोजु मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव १६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १ सय ११ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय १३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १०७ मा टेवा पाउने देखिन्छ ।

गुडविल फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

गुडविल फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

गुडविल फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)
चालू आवको तेस्रो त्रैमासमा गुडविल फाइनान्स लिमिटेडले रू. ३ करोड १४ लाख खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड ७० लाख नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी रू. ८० करोड पुगेको छ । गत आव तुलनामा जगेडा कोषको रकम ११ प्रतिशत बढेर रू. १५ करोड ६१ लाख पुगेको छ । तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव २५ छ । प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ५१ छ भने तरलता अनुपात ३१ दशमलव ६२ प्रतिशत छ । कम्पनीको शेयर प्रतिकित्ता रू. ११९ देखि १२० सम्म कारोबार भएको छ । कम्पनीको सो मूल्यमा ४३० कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ५९ दिनको कारोबारमध्ये अन्तिम दिन शेयरमूल्य स्थिर छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा रू. ११७ देखि १२३ सम्म घुमिरहने संकेत गर्छ । आरएसआई न्युट्रन जोन ४८ दशमलव १३ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १ सय १९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय २० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय १७ मा टेवा पाउने देखिन्छ ।

Source : http://www.abhiyan.com.np

रिलायन्स फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

रिलायन्स फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

रिलायन्स फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)
रिलायन्स फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. २ करोड ७१ लाख ३६ हजार खुद नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. १ करोड ७४ लाख ४२ हजार खुद नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ७४ करोड ३२ लाख २९ हजार छ भने जगेडा कोषमा रू. २६ करोड २८ लाख २८ हजार छ । यस त्रैमासमा कम्पनीले खराब कर्जा उठाउन सकेको छैन । गतवर्षको तेस्रो त्रैमासमा १ दशमलव ८५ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यस वर्ष ३ दशमलव ४३ प्रतिशत कायम भएको छ । बुधवारको कारोबारमा कम्पनीको अन्तिम शेयर मूल्य रू. ११८ कायम भएको छ । यस दिन कम्पनीको ८६३ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति भएकोे मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । हाल लगानीकर्ताहरूमा ‘पर्ख र हेर’को स्थिति सृजना भएको छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ९२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारकोे शेयरमूल्य रू. ११८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ११९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ११७ मा टेवा पाउने देखिन्छ ।

Source : http://www.abhiyan.com.np

सानिमामाई हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

सानिमामाई हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

सानिमामाई हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)
कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा विद्युत् विक्रीबाट रू. ६० करोड २८ लाख २३ हजार आम्दानी गरेको छ । गतवर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. ५६ करोड ६९ लाख १३ हजार आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीले रू. २२ करोड ९३ लाख ८१ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्षको सोही अवधिमा रू. २० करोड २० लाख ५ हजार थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड १० लाख छ । हाल कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ८८ छ । बुधवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनको तुलनामा ८ अंक घटेर रू. २५८ कायम भएको छ । यस दिन कम्पनीको १८ हजार २०७ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा इभिनिङ स्टार बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ३० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. २५८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २७६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २२७ मा टेवा पाउने देखिन्छ ।

Source : http://www.abhiyan.com.np

रिडी हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

रिडी हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

रिडी हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)
गतवर्षको मुनाफाबाट ६ प्रतिशत बोसन शेयर वितरण गरी रू. ५३ करोड ११ लाख १८ हजार चुक्तापूँजी पु¥याएको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म रू. ७६ लाख ५१ हजार खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले विद्युत् विक्रीबाट रू. १ करोड १५ लाख ९७ हजार आम्दानी गरेको छ । कम्पनीको जगेडा कोषमा रू. २ करोड ९६ लाख छ । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम छ । बुधवारको कारोबारमा अघिल्लो दिनभन्दा ३ अंक घटेर अन्तिम मूल्य रू. ९४ कायम भएको छ । यस दिन कम्पनीको २५ हजार ७४६ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा कालो मैनबत्ती अन्तिम बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा, १४ दिने औसत मूल्यरेखा र हालको मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । बुधवारको शेयरमूल्य रू. ९४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ९७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९० मा टेवा पाउने देखिन्छ ।

Source : http://www.abhiyan.com.np

Friday, May 10, 2019

Two microfinance Companies set to issue IPO from 27 Baishakh 2076; apply for 10 units each

Swabhiman Microfinance Bittiya Sanstha will be issuing 198,610 units IPO share at the rate of Rs.100. It has allocated 0.5% or 3,093 units for employees, 5% or 9,930 units for mutual funds and remaining 185,587 units for general public.
Interested applicants can apply for minimum 10 units & maximum 5000 units
Siddhartha Capital Limited has appointed as issue manager. Its paid up capital is Rs.4.20 crore.

Janasewi Laghubitta Bittiya Sanstha will be issuing 463,300 units of share the par value of Rs.100 for general public. It has allocated 5% or 23,165 units for existing mutual funds, 7,145 for employees and remaining 4,32,990 units for general public.
Interested applicants can apply for minimum 10 units & maximum 1000 units.
NMB Capital has been appointed as issue manager.
Paid up capital of company will reach to Rs.14.43 crore after IPO issuance.

NOTS Manual - Load fund step by step

Company Analysis Dt. 05-28-2019 (5 Companies)

Infinity Laghubitta Bittiya Sanstha (Initial Public Offering) - Company Analysis