Upcomming IPOs

Upcomming IPOs

**Citizens Mutual Fund - 2 (100,000,000 Units)**NIBL Sahabhagita Fund (12,500,000 Units)**Himal Dolakha Hydropower Company Limited (6,200,000 Units)

TO UPDATE YOUR SHARE/STOCK NEWS ONLINE



1

IPO RESULT


Main IPO Result

Tuesday, May 14, 2019

नेप्सेको वेबसाइटमा समस्या, यस्तो छ कारण

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समस्या भएको छ । मंगलबार वेबसाइट खोल्दा कारोबारको कुनै विवरण देख्न सकिएको छैन । सबै सूचकहरु शुन्य देखाएको छ भने आजको कारोबारको कुनै पनि अपडेट देखिएको छैन ।

ISSUE IN NETWORK CONNECTIVITY

Due to breakage in WebSurfer Fiber, live trading data is not being displayed in our website.
The issue will be fixed soon, meanwhile there is no problem in Trading System.
Please consider.
वेबसर्फ़रको फाइबर टुटेको कारण लाइभ ट्रेडिङको डाटा वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ। नेप्सेले समस्या समाधान गर्ने कोशिस भईरहेको र छिट्टै लाइभ ट्रेडिङको डाटा देखिने बताएको छ । कारोबार भने जारी नै रहेको नेप्सेले स्पष्ट पारेको छ ।
वेबसाइटमा समस्या आउँदा लगानीकर्ता भने कारोबारको जानकारीबाट बन्चित भएका छन् । 



२८ बाणिज्य बैंक मध्ये कुनमा लगानी बढी प्रतिफलमुलक ?

२८ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । २८ वटा वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४५ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी मुनाफा आर्जन गरेका छन् । यो गत आर्थिक वषको सोहि अवधिको भन्दा ८ अर्ब ७ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधि बैंकहरु ३७ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए । उक्त अवधिमा बैंकहरुको वितरणयोग्य मुनाफा भने करिब ३० अर्ब ७० मात्र रहेको छ ।


चुक्ता पूँजी तथा जगेडा कोष 
चालु आर्थिक वर्षको भैत्र मसान्तसम्म दुई वटा बैंकले भने नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८ अर्ब पुर्याउन सकेका छैनन् ।

Monday, May 13, 2019

प्रिमियम संकलनमा नेपाल लाइफको ४२% को छलाङ, जीवन बिमाकोष बढेर ५९.४६ अर्ब

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा प्रिमियम संकलनमा छलाङ मारेको छ ।

यो अवधिमा नेपाल लाइफले १५ अर्ब १९ करोड प्रिमियम संकलन गरेको हो। 

सेन्चुरी बैंकको नाफा घट्यो, लाभांश क्षमता कति ?

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा सेन्चुरी बैंक Century Commercial Bank Limited ले ६१ करोड ६ लाख खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्ममा ६७ करोड १५ लाख कमाएकोमा बैंकको खुद नाफा ९.०६ प्रतिशतले घटेको हो 
त्यस्तै बैंकको वितरण योग्य मुनाफा ३४ करोड ५९ लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले ५.६० प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ ।

जनता बैंकको नाफा पनि १ अर्ब बढी, लाभांश क्षमता कति ?

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा जनता बैंकले १ अर्ब २ करोड नाफा कमाएको छ ।  बैंकले अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्ममा ६३ करोड ७५ लाख कमाएकोमा बैंकको खुद नाफा ६०.५६ प्रतिशतले बढेको हो 
त्यस्तै बैंकको वितरण योग्य मुनाफा ६१ करोड ७३ लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले १०.२८ प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 
यस अवधिसम्ममा बैंकको निक्षेप् २०.७८ प्रतिशतले बढेको छ  । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ भने रिजर्भमा १ अर्ब ८१ करोड रहेको छ । 
बैंकको खराब कर्जा १.२१ प्रतिशत, प्रति शेयर आम्दानी १७.०६, कोषको लागत ७.६६ प्रतिशत, पुंजी निक्षेप अनुपात ७९.७४ प्रतिशत, बेस रेट १०.५२, स्प्रेड दर ४.६९ प्रतिशत, मूल्य आम्दानी अनुपात १०.७८, नेट वर्थ १२९.७ रहेको छ  

Sunday, May 12, 2019

चौतारी लघुवित्तको नाफामा १८४ प्रतिशतले वृद्धि

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (chautari Laghubitta Bittiya Sanstha Ltd.) ले आव २०७५/७६ को तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८४ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ६५ लाख रुपैयाँ कमाएको थियो ।

लघुवित्तले निक्षेपमा ३९ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ११६ दशमलव ९१ प्रतिशतले वृद्धि गरी १ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।यस लघुवित्तको चुक्ता पुँजी ८ दशमलव ८५ गुणाले वृद्धि गरी १८ करोड ६० लाख रुपैयाँ पुयाएको छ । जगेडाकोषमा ३ करोड ३५ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तको खुद व्याज आम्दानीमा ८५ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० प्रतिशतले वृद्धि गरी १ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको जोखिम युक्त सम्पत्ति २० दशमलव ३८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ७२ प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी वार्षिक १३ दशमलव ३३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४५ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ ११८ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ३ दशमलव ५५ प्रतिशत रहेको छ ।
Source : aarthiknews.com

लक्ष्मी लघुवित्तको नाफा १८ प्रतिशतले वृद्धि

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (Laxmi Laghubitta Bittiya Sanstha Ltd.) ले आव २०७५/७६ को तेस्रो त्रैमासमा खुद मुनाफा ७ करोड ९१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ६ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।

लघुवित्तले खुद व्याज आम्दानीमा २१ द्यशमलव ५९ प्रतिशतले वृद्धि गरी २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९ दशमलव ६० प्रतिशतले वृद्धि गरी १२ करोड २५ लाख रुपैयाँ पुगेको छ ।यस लघुवित्तको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा २१ करोड ३७ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तले निक्षेपमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ संचकलन गरेको छ । कर्जामा ३० दशमलव ११ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३७ करोड २ लाख रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको जोखिम युक्त सम्पत्ति १३ दशमलव २० प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव २३ प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी वार्षिक ४३ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १८८ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात ४ दशमलव ७७ प्रतिशत रहेको छ ।
Source : aarthiknews.com

NOTS Manual - Load fund step by step

Company Analysis Dt. 05-28-2019 (5 Companies)

Infinity Laghubitta Bittiya Sanstha (Initial Public Offering) - Company Analysis