Financial & Economic News of Stock Market, Nepal Stock Exchange (NEPSE),IPO & Result,AGM, Pan Search
IPO RESULT
Main IPO Result
Main IPO Result
Tuesday, May 14, 2019
१३०१ विन्दुमा नेप्से, ७८ करोड रुपैयाँको कारोबार, सर्वाधिक व्यापार हुने कम्पनी कुन ?
सोमवार एक दिनको कारोबार अवधिभर नेप्से परिसूचक ६ दशमलव ३० अंक बढेर १३०१ दशमलव ३४ विन्दुमा बन्द भएको छ ।१२९५ दशमलव ९९ विन्दुबाट शुरु भएको नेप्से परिसूचक घटबढ हुँदै समग्रमा नेप्से बजार बढेको हो ।
सोमवार दिन भरिको कारोबारमा शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको अन्तिम शेयर मूल्य प्रति कित्ता रू. ४९७ मा खरीद विक्री भई रू. ११ करोड ४६ लाख कारोबार भएको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको नाफाले लागनीकर्ताहरुको शिवम् सिमेन्टमा आकर्षित भएको एक लगानीकर्ताले बताएका छन् ।
यस्तै दोस्रो स्थानमा प्राइम कमर्सियल बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. ३७२ मा खरीद विक्री भई रू. ६ करोड २४ लाखको कारोबार भएको छ । शिवम् सिमेण्टको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । सोमवारको कारोबारमा १६९ ओटा कम्पनीको ८ हजार ७२१ पटकको कारोबारमा रू. ७८ करोड ६४ लाख १२ हजार ८०८ बराबरको शेयर खरीद विक्री भएको छ ।
Source : http://www.abhiyan.com.np