Financial & Economic News of Stock Market, Nepal Stock Exchange (NEPSE),IPO & Result,AGM, Pan Search
IPO RESULT
Main IPO Result
Main IPO Result
Tuesday, May 14, 2019
विकास बैंक मध्ये अधिकांश सूचकमा गरिमा अगाडी, कुनमा लगानी बढी प्रतिफलमुलक ? (रिपोर्ट)
चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिकको क्रम जारि छ। यसैक्रमलाई निरन्तरता दिंदै राष्ट्रिय स्तरका ११ वटै बिकास बैंकले आफ्नो प्रगति विवरण सार्वजनिक गरिसकेका छन।
९ महिनाको अवधिमा ११ वटा राष्ट्रिय स्तरका बिकास बैंकले ३ अर्ब ८७ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेका छन। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ७६ करोड ९९ लाख रुपैयाँले बढी हो।
चुक्ता पूँजी
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म सबै ११ वटै बिकास बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापुंजी २ अर्ब ५० करोड पुर्याएका छन।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासा आउँदा ११ वटा बिकास बैंकहरुले २ खर्ब ६६ अर्ब निक्षेप संकलन गरि २ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेका छन। गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा ८८ अर्ब ४९ करोडले निक्षेप बढेको छ भने ७५ अर्ब ९४ करोडले कर्जा परिचालन बढेको छ। निक्षेप संकलन तथा कर्जा परिचालन
कुन अव्वल कुन कम्जोर ?
चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ११ वटा विकास बैंकहरुलाई पांच वटा महत्त्वपूर्ण सूचकमा हेर्दा गरिमा विकास बैंक अव्वल देखिएको छ। निक्षेप संकलन तथा कर्जा परिचालन, खुद मुनाफा र प्रति सेयर आम्दानीमा गरिमा बिकास बैंक अव्वल देखिएको छ। त्यस्तै चुक्तापुंजीमा ३ अर्ब १० करोड सहित ज्योति विकास बैंक अव्वल देखिएको छ। त्यस्तै प्रति सेयर नेटवर्थमा लुम्बिनी बिकास बैंक राम्रो देखिएको छ।
निक्षेप संकलन तथा कर्जा बिस्तारमा अन्य विकास बैंकको तुलनामा देब बिकास बैंक कम्जोर देखिएको छ। चालु आर्थिक बर्षमा शाखा बिस्तार तथा पुनसंरचनामा ठुलो लगानी गरेको कामना सेवा विकास बैंक खुद मुनाफा र प्रति सेयर आम्दानीमा कम्जोर देखिएको छ। चुक्तापुंजीमा लुम्बिनी बिकास बैंक पछि परेको छ।
Source : http://bizpati.com/